एकैपटक साढे ७ रुपैयाँसम्म घट्यो पेट्रोलको मूल्य

हिमाल प्रेस १८ असार २०८० २०:४५
18
SHARES
एकैपटक साढे ७ रुपैयाँसम्म घट्यो पेट्रोलको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ ५० पैसा घटाइएको छ। त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाइएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७० रुपैयाँ कायम गरिएको छ। निगमले क्षेत्र अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६७ देखि १७० रुपैयाँ प्रतिलिटर कायम गरेको छ।

त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १४७ रुपैयाँ ५० पैसादेखि १५० रुपैयाँसम्म कायम गरेको छ। निगमले ढुवानीमा लाग्ने भाडाका आधारमा फरकफरक मूल्य तोकिएको बताएको छ।

त्यस्तै निगमले मंगलबार राति १२ बजेदेखि नै लागू हुने गरी हवाई इन्धनमा आन्तरिक तर्फ प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएको छ।

प्रकाशित: १८ असार २०८० २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =