सुनको मूल्य बढ्यो,चाँदीको घट्यो

हिमाल प्रेस २७ पुष २०८० ११:४१
78
SHARES
सुनको मूल्य बढ्यो,चाँदीको घट्यो सांकेतिक तस्बिर।

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीकाे घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

छापावाल सुन बिहीबार १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज छापावाल सुन तोलमा ३०० रुपैयाँले बढेको हो।

त्यसैगरी तेजाबी सुन आज १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। बिहीबार १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २७ पुष २०८० ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nineteen =