घट्याे सुनचाँदीकाे भाउ

हिमाल प्रेस १० वैशाख २०८१ १२:३६
332
SHARES
घट्याे सुनचाँदीकाे भाउ

काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको जनाएकाे छ।

आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो।

त्यसैगरी आज तेजावी सुन एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार ३०० र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ। आइतबार प्रतितोला एक ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १० वैशाख २०८१ १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + two =