सुनचाँदीकाे मूल्य घट्याे

हिमाल प्रेस ४ माघ २०८० ११:५१
812
SHARES
सुनचाँदीकाे मूल्य घट्याे फाइल तस्बिर

काठमाडौँ- नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

बुधबार छापावाल सुन १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएकोमा बिहीबार १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो।

त्यसैगरी आज तेजाबी सुनको मूल्य १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुन बुधबार प्रतितोला १ लाख १७ हजार ६५० रुपैयाँ कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार तेजाबी सुन पनि ७०० रुपैयाँ घटेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा चाँदी तोलामा १० रुपैयाँ घटेको हो।

प्रकाशित: ४ माघ २०८० ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =