जलवायु परिवर्तनले भोकमरीकाे खतरा

हिमाल प्रेस १८ असार २०८० १७:१७
2
SHARE
जलवायु परिवर्तनले भोकमरीकाे खतरा

जेनेभा- संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जलवायु परिवर्तनले भोकमरी र पीडाको  डरलाग्दो भविष्य निम्त्याउने खतरा रहेको  चेतावनी दिएका छन्।

भोल्कर तुर्कले जलवायु संकटसँग जुध्दा छोटो अवधिका लागि मात्र सोच्ने विश्वका नेताहरूको आलोचना पनि गरेका छन्। तुर्कले खाद्य अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को बहसमा चरम मौसमी घटनाहरूले बालीनाली, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई नष्ट पारिरहेको बताए। यसले गर्दा समुदायहरूको उत्थान र सहयोगका लागि काम गर्न कठिन बन्दै गएको उनकाे भनाइ छ।

‘सन् २०२१ मा ८२ करोड ८० लाखभन्दा बढी मानिसले खाद्यान्न असुरक्षा र अभावको सामना गरिरहेकोमा जलवायु परिवर्तनले यस शताब्दीको मध्यसम्ममा थप आठ करोड मानिस भोकमरीको जोखिममा पर्ने अनुमान गरिएको छ,’ तुर्कले भने।

जलवायु परिवर्तनले मानव जीवन झनै कष्टकर बन्दै गएकाे उनकाे भनाइ थियाे। जलवायुकै कारण विश्वकाे वातावरण जलिरहेको तथा बाढी आएको भन्दै उनले यसले उत्पादनहरू घट्दै गएको पनि औँल्याए।

जलवायु परिवर्तनलाई सम्बोधन गर्नु मानव अधिकारको मुद्दा भएको र जलवायु परिवर्तनबाट आउने जटिल संकट टार्न अझै पनि काम गर्न समय रहेकाे उनकाे सुझाव छ। तर त्यो समय अहिले नै भएको र ढिलो गर्नु नहुने उनले बताए। रासस/एएफपी

प्रकाशित: १८ असार २०८० १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =