विधिको शासनबिना नागरिकको अधिकार सुनिश्चित हुँदैन : अर्थमन्त्री

हिमाल प्रेस १६ असार २०८० १८:५३
6
SHARES
विधिको शासनबिना नागरिकको अधिकार सुनिश्चित हुँदैन : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनबिना आम नागरिकको विकास र अधिकार सुनिश्चित हुन नसक्ने बताएका छन्।

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका उनले पार्टी कार्यालय सानेपामा आयोजित लोकतन्त्रवादी आदिवासी जनजाति संघको प्रशिक्षण कार्यक्रममा लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्ने काम नेपाली कांग्रेसले गरेको बताएका हुन्।

यस विषयमा नेपाली कांग्रेस चट्टानझै नउभिएको भए अहिलेको लोकतान्त्रिक गणतान्त्रिक संविधान सम्भव नहुने उनले बताए। नेपाली कांग्रेसले समावेशितालाई नेपालको राजनीतिमा प्रवेश गराएको उनको दाबी थियो।

‘नेपाली कांग्रेसको विधानमा महिला, आदिवासी, जनजाति, मधेश, दलित र कर्णालीलाई समावेशिता सिद्धान्तको हिसाबले पार्टी संरचनामा आरक्षण सुनिश्चित गरेको हो,’ उनले भने, ‘अरु दल पनि यो बाटोमा हिँड्ने परिवेश बन्यो।’

प्रकाशित: १६ असार २०८० १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =