मन्त्री सिंहप्रति श्रद्धाञ्‍जली अर्पण, सुदूरपश्‍चिममा आज शोक बिदा

हिमाल प्रेस ६ असार २०८० ११:१४
6
SHARES
मन्त्री सिंहप्रति श्रद्धाञ्‍जली अर्पण, सुदूरपश्‍चिममा आज शोक बिदा

धनगढी– सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। धनगढी कभर्ड हलमा राखिएको उनको पार्थिव शरीरमा बुधबार बिहानैबाट पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरिएको हो।

सो क्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिसभा एवम् प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधि, सरकारका विभिन्न तहका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, समाजसेवी, बुद्धीजीवी, आफन्तजन, पत्रकारलगायतले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्।

मन्त्री सिंहको शोकमा सुदूरपश्चिम सरकारले प्रदेशमा बुधबार (आज) शोक बिदा दिएको छ। उनको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक तथा कानुन मन्त्रालयका सूचना अधिकारीले जानकारी दिए।

मंगलबार (हिजो) सवारी दुर्घटनामा परी उनको मृत्यु भएको हो। गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना हुँदा मन्त्री सिंहसहित उनको धर्मपत्नी, भाउजूलगायतको निधन भएको थियो।

यो पनि:

सपरिवार उग्रतारा दर्शन गरेका मन्त्री सिंह पुग्‍न पाएनन् मष्टा मन्दिर

प्रकाशित: ६ असार २०८० ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =