सुदूरपश्चिम मुख्यमन्त्री शाहले राजीनामा दिने

हिमाल प्रेस २२ चैत २०८० १८:३७
8
SHARES
सुदूरपश्चिम मुख्यमन्त्री शाहले राजीनामा दिने कमलबहादुर शाह। फाइल तस्बिर

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन्। विश्वासको मत नपाउने देखिएपछि उनले आजै (बिहीबार) राजीनामा दिन लागेको उनी निकट स्रोतको भनाइ छ।

मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने तयारी गरेका थिए। त्यसैका लागि दिउँसो ३ बजे बैठक बोलाइएको थियो पछि ५ बजेका लागि बैठक सारिएको थियो। तर बैठक हालसम्म पनि सुरु भएको छैन।

गत फागुन २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका थिए। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन्। बहुमतका लागि २७ सांसद चाहिन्छ।

गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन्। प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन्। त्यसैले बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ। तर आन्तरिक विवादले नागरिक उन्मुक्तिका प्रदेशसभा सदस्यहरू संसद् नजाने देखिएपछि उनले राजीनामा दिने तयारी गरेका हुन्।

प्रकाशित: २२ चैत २०८० १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =