सत्तरी वर्षको उमेरहद उपयोगी भएन : ओली

हिमाल प्रेस २ असार २०८० १७:२४
10
SHARES
सत्तरी वर्षको उमेरहद उपयोगी भएन : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्ष उमेरहद उपयोगी नभएको बताएका छन्। उपयोगी नभएकाले नै आफ्नो पार्टीले पनि ७० वर्षको उमेरहद हटाउने निर्णय गरेको उनले बताए।

७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरूलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले उमेरहद हटाउने निर्णय गर्नुपरेको ओलीको स्पष्टिकरण थियो।

अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले चीनलगायत दुनियाँका सबै पार्टीले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताए।

केहीले पार्टीको सो निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको आरोप समेत उनले लगाए। अध्यक्ष ओलीले पार्टीका युवालाई ७० वर्ष कटेकाहरूसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ? भनेर प्रश्न पनि गरे।

काम गर्न सक्छन् भने ७० वर्ष कटेकाहरूलाई पार्टीभित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको ओलीको भनाइ थियो। काम गर्न सक्नेलाई उमेरहदको नाममा जिम्मेवारीबाट रोक्नुपर्ने कुनै कारण नरहेको ओलीले पटकपटक दोहोर्‍याए। ‘अब थुप्रै साथीहरू यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन्,’ उनले भने, ‘कामै गर्न नपाउने, ७० वर्ष पुगेपछि राजनीति नै छोड्नुपर्ने स्थिति, कमिटी नै छोड्नुपर्ने स्थिति भएपछि यो ७० वर्ष अप्ठ्यारो भयो।’

प्रकाशित: २ असार २०८० १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seventeen =