कर्मचारीको उमेर हद ६० वर्ष कायम गर्न प्रस्ताव

हिमाल प्रेस २२ फागुन २०८० १०:५५
1.3k
SHARES
कर्मचारीको उमेर हद ६० वर्ष कायम गर्न प्रस्ताव फाइल तस्बिर

काठमाडौँ- सरकारले निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक-२०८० मा निजामती कर्मचारीको उमेर हद ६० वर्ष कायम गर्न प्रस्ताव गरेको छ।

संसदमा सोमबार दर्ता भएको उक्त विधेयकमा सो प्रस्ताव गरिएको हो। हाल कर्मचारी अनिवार्य अवकाशको उमेर हद ५८ वर्ष लागू छ। सरकारको सोही प्रस्ताव ऐनको रूपमा आउँदा ६० वर्षे उमेर हदको व्यवस्था हुन्छ।

प्रस्तावित विधेयकमा भनिएको छ,‘निजामती कर्मचारीले ६० वर्ष उमेर हद पूरा भएपछि अनिवार्य अवकाश पाउनेछ।’

प्रकाशित: २२ फागुन २०८० १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =