सिंहदरबारमा निजामती कर्मचारीको सांकेतिक धर्ना, उपस्थिति भने न्यून [तस्बिरहरू]

दिपेश श्रेष्ठ २१ वैशाख २०८० १२:०३
6
SHARES
सिंहदरबारमा निजामती कर्मचारीको सांकेतिक धर्ना, उपस्थिति भने न्यून [तस्बिरहरू]

काठमाडौँ- निजामती कर्मचारीहरूले बिहीबार सिंहदरबारमा सांकेतिक धर्ना दिएका छन्। संघीय निजामति कर्मचारी सेवा ऐनको माग गर्दै निजामति कर्मचारीहरूले सिंहदरबारको दक्षिण गेटमा सांकेतिक धर्ना दिएका हुन्।

विभिन्न निजामती कर्मचारी संगठनहरूले कर्मचारीहरुलाई आज (बिहीबार) सिंहदरबार प्रवेश नगर्न आग्रह गर्ने भने पनि एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सम्बद्ध कर्मचारीबाहेक अन्य संगठनका कर्मचारीहरू सिंहदरबार दक्षिण गेटमा देखिएका थिएनन्। कर्मचारीहरूले संघीय निजामती ऐन जारी नगरे वैशाख २४ गतेबाट आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन्।

धर्ना कार्यक्रममा बोल्दै नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष प्रभात साहले संघीय निजामति ऐन तत्काल जारी गर्न माग गर्दा सरकारले बेवास्ता गरेकाले बाध्यतावश विरोधमा उत्रिनुपरेको बताए। उनले संघीय निजामति सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐन जारी गर्न सांकेतिक रूपमा आन्दोलन गरेको बताए।

यसअघि पनि निजामती कर्मचारीहरूले संघीय निजामती ऐन जारी गर्न माग गर्दै विभिन्न चरणमा सांकेतिक विरोध जनाउँदै आएका थिए।

प्रकाशित: २१ वैशाख २०८० १२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =