अवकाश हुनै लाग्दा किन राजीनामा दिन्छन् सरकारका सचिव?

हिमाल प्रेस ८ चैत २०८० १६:१३
20
SHARES
अवकाश हुनै लाग्दा किन राजीनामा दिन्छन् सरकारका सचिव?

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा स्वीकृत भएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सचिव भण्डारीको राजीनामा स्वीकृत गरेको हो।

भण्डारी मुख्यसचिव बन्ने लबिइङमा थिए। मुख्यसचिव बन्ने अवस्था नरहेको संकेत पाएपछि उनले स्वेच्छिक अवकाश रोजेका हुन्। भण्डारी ५८ वर्ष उमेर हदका कारण चैत ११ गतेदेखि अनिवार्य अवकाशमा जाँदै थिए।

भण्डारीले दुई वर्षको सेवासुविधा लिनका लागि स्वेच्छिक अवकाश रोजेका हुन्। भण्डारीले भने, ‘मैले दिएको राजीनामा स्वीकृत भएको छ।’

निजामती सेवा ऐन २०४९ को दफा ३७ को उपदफा ३ को व्यवस्थाबमोजिम स्वतः अवकाश प्राप्त गरेको निजामती कर्मचारीको उमेर ६० वर्ष पूरा हुन जति अवधि बाँकी छ सो अवधि थप गरी निजको जम्मा सेवा अवधि कायम गरिने उल्लेख छ।

यस्तो व्यवस्था २०४९ साल कात्तिक २१ अघि निजामती सेवामा प्रवेश गरेका कर्मचारीका हकमा मात्र लागू हुने व्यवस्था ऐनमा छ।

‘संवत् २०४९ साल कात्तिक २१ गतेभन्दा अघिदेखि निजामती सेवामा बहाल रहेको कर्मचारीले ३० वर्ष सेवा अवधि पूरा गरिसकेको भए स्वेच्छाले सेवाबाट अवकाश लिन सक्नेछ। यसरी स्वेच्छाले सेवाबाट अवकाश लिएको वा संवत् २०४९ साल कात्तिक २१ गतेअघिदेखि निजामती सेवामा बहाल भई ५८ वर्ष उमेर पूरा भएको कारणबाट दफा ३३ बमोजिम स्वतः अवकाश प्राप्त गरेको निजामती कर्मचारीको उमेर साठी वर्ष पूरा हुन जति अवधि बाँकी छ सो अवधि थप गरी निजको जम्मा सेवा अवधि कायम गरिनेछ।’

निजामती कर्मचारी ५८ बर्से उमेर हदबन्दी पूरा गरेपछि स्वतः अवकाश पाउँछन्। सचिवको भने पाँच कार्यकाल सकिएपछि अवकाश पाउने भएकाले यस्तो प्रावधान राखिएको हो।

प्रकाशित: ८ चैत २०८० १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =