झापामा परीक्षा दिएर पर्किँदै गरेकी छात्रामाथि गोली प्रहार

हिमाल प्रेस २१ वैशाख २०८१ १५:१८
174
SHARES
झापामा परीक्षा दिएर पर्किँदै गरेकी छात्रामाथि गोली प्रहार सांकेतिक तस्बिर

 

काठमाडौँ- झापामा परीक्षा दिएर फर्किँदै गरेकी एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा वर्ष १८ की एरिका अधिकारीमाथि गोली प्रहार भएको हो। एरिकामाथि सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

उनको पेटमा गोलीको छर्रा लागेको देखिएको झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए। उनको झापाकै लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।

उदयपुर घर भएकी एरिका हिमालय मावि परीक्षा केन्द्रमा परीक्षा दिएर फर्कदै गर्दा आक्रमण भएको प्रहरीको भनाइ छ। उनीमाथि शुक्रबार मध्याह्न करिब १२:३० बजे दमक नगरपालिका- वडा नम्बर ५ स्थित ज्येष्ठ नागरिक भवनअगाडि आक्रमण भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

उनीमाथि किन गोली प्रहार भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोली प्रहारपछि फरार साहको प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ।

 

प्रकाशित: २१ वैशाख २०८१ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =