जसले जति भूमिगत पानी तान्छ सोहीअनुसार वैज्ञानिक शुल्क लगाऔँ : डोलप्रसाद अर्याल

हिमाल प्रेस २५ जेठ २०८० ११:३१
6
SHARES
जसले जति भूमिगत पानी तान्छ सोहीअनुसार वैज्ञानिक शुल्क लगाऔँ : डोलप्रसाद अर्याल फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले भूमिगत पानी घट्दै गएको विषय संसद्‍मा उठाएका छन्। आज (बिहीबार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भूमिगत पानीका विषयमा सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताएका हुन्।

‘सन् १९९० मा जापानिज संस्था जाइकाले ४ वर्ष लगाएर काठमाडौँ उपत्यकामा भूमिगत पानीको अवस्थाबारे अध्ययन गरेको थियो। अध्ययनबाट पानीको सतह १० मिटर घटेको पाइएपछि जाइकाले हरेक दिन डेढ करोड लिटरभन्दा बढी भूमिगत पानी नतान्न सिफारिस गरेको थियो। तर अहिले झण्डै ९ गुणा अर्थात् दैनिक १३ करोड लिटरभन्दा बढी पानी तान्ने गरिएको छ,’ उनले प्रश्न गरे, ‘यसबारे सरोकारवाला निकायले जबाफ दिनु पर्छ कि पर्दैन? कि जति पनि तान्न मिल्ने हो?’

उनले शुल्कका विषयमा पनि कुरा उठाएका छन् । भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्नुपर्ने र जसले जति पानी तान्छ सोहीअनुसार वैज्ञानिक शुल्क लगाउनुपर्ने माग पनि उनले गरे।

काठमाडौँ उपत्यका खानेपानी बोर्डका हाइड्रोजिओलोजिस्ट प्रविणचन्द्र केसीले वार्षिक २० हजार रुपैयाँमा अनुमति दिइरहेको हिमालप्रेसलाई जानकारी दिएका छन्। दैनिक ३ हजार लिटरदेखि ६ लाख ९१ हजार २०० लिटरसम्म पानी तान्न बोर्डबाट अनुमति लिइएको छ। उनीहरू सबैलाई समान रूपमा वार्षिक २० हजार रुपैयाँ मात्रै शुल्क लगाइएको छ।

केसीले पानीको वैज्ञानिक शुल्कबारे छलफल भइरहेको बताए। ‘कानुन बनेपछि मात्रै लागू हुन्छ, अहिलेसम्म कानुन बन्न सकेको छैन,’ उनले भने।

पानी सुकाउने सहर

प्रकाशित: २५ जेठ २०८० ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =