डढेलोबाट रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

हिमाल प्रेस २८ वैशाख २०८१ ७:२२
4
SHARES
डढेलोबाट रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

रामेछाप-  एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ। सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ।

उक्त कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट एक सय ५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ। धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु पनि प्रभावित भएका छन्। यो वर्ष डढेलोमा परी जिल्लाका दुई जनाले ज्यान गुमाइसकेका छन्।

स्थानीय प्रशासनले वनमा आगो नलागाउन तथा त्यसबाट हुने क्षतिबारे सर्वसाधारणलाई अवगत गराएको छ। वनमा आयो लगाएमा फौजदारी अभियोगअन्तर्गत कारबाही हुने भएकाले वन र वन्यजन्तु संरक्षणतर्फ सचेत हुन आग्रह गरिएको छ।

प्रकाशित: २८ वैशाख २०८१ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =