झापामा १५ सय हेक्टर वन अतिक्रमण

हिमाल प्रेस १३ असार २०८० ७:४६
2
SHARE
झापामा १५ सय हेक्टर वन अतिक्रमण फाइल तस्बिर।

झापा– झापामा एक हजार ५ सय ५० हेक्टर वन अतिक्रमण गरिएको छ। जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो।

सबैभन्दा बढी खुदुनाबारीमा ८ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन्।

शान्तिनगरमा ४ सय २१, बाहुनडाँगीमा १५ दशमवल ५५, मेचीनगरमा ३९, धाइजनमा ३३ दशमलव १३, बुधबारेमा १३, शनिश्चरेमा १८, अर्जुनधारामा १९ र सुरुङ्गामा १० हेक्टर वन अतिक्रमणमा परेको पुरीको भनाइ छ।

यस्तै सतासीधाममा २७ दशमलव ७२, लखनपुरमा १ सय ११, दमकमा ११ दशमलव ५, पृथ्वीनगरमा २ र राजगढमा २६ दशमलव ५ हेक्टर वनको जग्गा अतिक्रणमा परेको उनले बताइन्।

झापाका २ स्थानमा अतिक्रमित वनको जग्गा खाली गराइएको छ। भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा अतिक्रमित वनको जग्गा खाली गराइएको उनले जनाइन्।

प्रकाशित: १३ असार २०८० ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =