सीमा क्षेत्रमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, सात घाइते

हिमाल प्रेस १९ फागुन २०८० ९:१४
214
SHARES
सीमा क्षेत्रमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, सात घाइते

झापा- झापाको पूर्वी नाका मेचीनगरको सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल-भारत सामान ओेसारपसार गर्ने स्थानीयबीच झडप हुँदा एक सशस्त्र प्रहरीसहित सात जना घाइते भएपछि तनाव सिर्जना भएको छ।

घाइतेमध्ये सशस्त्र प्रहरीका सवारी चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुका नेपाल-भारत सीमा पिलर ९०-२-९०-३ नजिकै भारतबाट अवैध रुपमा सामान ल्याउँदै गर्दा सशस्त्र प्रहरीले सामान नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरी भनाइ छ।

प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि त्यसको प्रतिकारमा घटना भएको बताइन्छ।

सशस्त्र प्रहरीले धारिलो हतियार प्रहार गरेको खुलेको छ। उपचारका लागि अस्पतालमा भर्ना भएका अधिकांश घाइतेहरूको शरिरमा धारिलो हतियारको चोट लागेको बिएण्डसि अस्पतालका चिकित्सकहरूले बताएका छन्। घाइतेहरूको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका प्रहरी टोलीसँग स्थानीयको झडप भएको हो । धारिलो हतियार प्रहारबाट दीपा बातर, हरि बातर, विशेष राजवंशी, मिलन चापागाईं, दीपक बातर र आनह यादव घाइते भएका छन्।

उनीहरूको हात र शरिरमा चोट लागेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। घटना लगत्तै घटनास्थल र आसपासको क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

प्रकाशित: १९ फागुन २०८० ९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =