झापामा मोटरसाइकलमा सवार ३ को मृत्यु, मृतकको खुलेन पहिचान

हिमाल प्रेस १२ वैशाख २०८१ ७:४५
30
SHARES
झापामा मोटरसाइकलमा सवार ३ को मृत्यु, मृतकको खुलेन पहिचान

झापा- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको में ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु भएको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए। मृतकको पहिचान खुलेको छैन।

विपरीत दिशाबाट आएको प्रदेश १-००१-००१ च ९३२९ नम्बरको बोलेरोले अनियन्त्रित मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनाबाट गम्भीर घाइते भएका तीनैजनाको उपचारका लागि अस्पताल लगिएको थियो।

चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका छन्। प्रहरीका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाइरहेका थिए।

प्रकाशित: १२ वैशाख २०८१ ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =