चिलीको जंगलमा डढेलो, १० जनाको मृत्यु

हिमाल प्रेस २० माघ २०८० १४:३१
12
SHARES
चिलीको जंगलमा डढेलो, १० जनाको मृत्यु फाइल तस्बिर।

सान्टियागो, चिली- चिलीको मध्य भाल्पाराइसो क्षेत्रको जंगलमा लागेको डढेलोका कारण १० जनाको मृत्यु भएको छ। शुक्रबार उक्त क्षेत्रमा डढेलो लागेपछि आपतकालीन अवस्थाको घोषणा गरिएको छ।

चिलीका अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु संख्या १० जनाभन्दा बढी भएको हुनसक्ने बताएपछि राष्ट्रपति गेब्रियल बोरिकले डढेलो नियन्त्रणका लागि आवश्यक सबै स्रोतसाधन उपलब्ध गराउन ‘विपत्तिका कारण आपतकालीन अवस्था घोषणा’गर्ने घोषणा गरेका छन्। डढेलो लागेको ठाउँ पर्यटकीय क्षेत्र पनि हो।

चिलीको राष्ट्रिय वन प्राधिकरण कोनाफका अनुसार भाल्पाराइसोमा मात्रै करिब ४८० हेक्टर जमिनमा डढेलो लागेको छ। वैज्ञानिकहरूले तीव्र गर्मी र डढेलोजस्ता प्राकृतिक प्रकोपहरूको जोखिम बढेको भन्दै सावधानीका लागि जानकारी गराएका छन्।

चिली र कोलम्बियाले बढ्दो तापक्रमसँग जुधिरहँदा आगामी दिनमा अर्जेन्टिना, पाराग्वे र ब्राजिलमा पनि गर्मी बढ्ने बताएका छन्। रासस/एएफपी

प्रकाशित: २० माघ २०८० १४:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =