रास्वपाका उपसभापति डीपी मन्त्री बन्ने निश्चित

हिमाल प्रेस २१ फागुन २०८० १२:४९
60
SHARES
रास्वपाका उपसभापति डीपी मन्त्री बन्ने निश्चित उपसभापति अर्याल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) मन्त्री बन्ने निश्चित भएको छ। रास्वपा स्रोतका अनुसार उपसभापति अर्याल मन्त्री बन्ने निश्चित भएको हो।

स्रोतकाे भनाइमा उनी सम्भवतः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री वा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नेछन्। उनी यसअगाडि  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका थिए।

नेकपा माओवादी केन्द्र, नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धनमा रास्वपा सामेल भएको छ। रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ।

रविले सम्हाल्ने मन्त्रालयको भने टुंगो लागिनसकेको रास्वपा स्रोतले जनाएको छ।

 

प्रकाशित: २१ फागुन २०८० १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 17 =