बसपार्कबाहिरका काउन्टर हटाउन काठमाडौँ महानगरको अल्टिमेटम

हिमाल प्रेस १९ जेठ २०८० ८:१७
4
SHARES
बसपार्कबाहिरका काउन्टर हटाउन काठमाडौँ महानगरको अल्टिमेटम गोंगबुस्थित नयाँ बसपार्कको टिकट काउन्टर। तस्बिर स्रोत : सुमन पन्थको फेसबुक

काठमाडौँ- काठमाडौँबाट बाहिरिने यात्रुवाहक गाडीहरू अब नयाँ बसपार्क गोंगबुबाट मात्रै छुट्नुपर्ने भएको छ।

काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौँबाट बाहिरिने लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधनहरू नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने जनाएको हो।

साथै महानगरले नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन भनेको छ।

यसअघि नै सरोकारवालासँग बैठक गरेर महानगरले यस विषयमा निर्णय पनि गरेको थियो। तर निर्णयपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ काउन्टर यथावत् राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गरेको महानगरले जनाएको छ।

महानगरपालिकाले असार १ गतेदेखि निर्णय कार्यान्वयन नगरे ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही गर्ने चेतावनी पनि दिएको छ।

साथै धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारीसाधनको हकमा कलंकीदेखि जडीबुटीसम्म सवारीसाधन रोक्न निषेध गरिएको महानगरको भनाइ छ।

प्रकाशित: १९ जेठ २०८० ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =