सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश

हिमाल प्रेस २९ मंसिर २०८० १६:०४
22
SHARES
सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश

काठमाडौँ- काठमाडौँ महानगरले हिजो (बिहीबार)देखि लागू हुने गरी महानगरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण रोक्ने कार्य कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक नलगाउने अन्तरिम आदेश जारी गरेको हो।

काठमाडौँ महानगरको मंसिर १२ गतेको कार्यपालिका बैठकले (हिजो)देखि लागू हुने गरी सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्ने निर्णय गरेको थियो। महानगरको उक्त निर्णयविरुद्ध श्रीराम टोबाको उद्योगले रिट दायर गरेको थियो। महानगरले नगर प्रहरी खटाएर सुर्तीजन्य पदार्थ बिक्री वितरण भए नभएको अनुगमन गरिरहेको छ।

प्रकाशित: २९ मंसिर २०८० १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 8 =