नीति तथा कार्यक्रममाथि चार दिन छलफल हुने

हिमाल प्रेस ५ जेठ २०८० १८:३७
12
SHARES
नीति तथा कार्यक्रममाथि चार दिन छलफल हुने तस्बिर - दिपेश श्रेष्ठ/हिमाल प्रेस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा टेबुल गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन टेबल भएपछि सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सर्वसम्म‍तिले पारित भएको छ।

अब प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि जेठ ७, ८, ९ र ११ गते छलफल हुने छ। छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने छन्।

सांसदहरूले नीति तथा कार्यक्रममा संशोधन राख्न चाहे शनिबार (भोलि) बिहान ११ बजेदेखि २ बजेभित्र नाम दर्ता गराउनुपर्ने छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज १८८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रकाशित: ५ जेठ २०८० १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =