संवैधानिक परिषद्‌को बैठक सुरु

हिमाल प्रेस २५ वैशाख २०८० १८:३५
4
SHARES
संवैधानिक परिषद्‌को बैठक सुरु फाइल तस्बिर।

काठमाडौँ– संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार दिउँसो भएको छलफलपछि संवैधानिक परिषद् बैठक डाकिएको हो।

बैठकमा प्रधानमन्त्री, प्रमुख विपक्षी दलका नेता ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुनमन्त्री धनराज गुरुङ सहभागी छन्।

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि पनि बैठक बसेको थियो। तर, कुनै निचोड निस्किएको थिएन।

यसअघिको बैठकमा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुंगो लगाउनुपर्ने अडान लिएका थिए। संसदीय समिति पनि गठन भइसकेको छ।

संवैधानिक परिषदको सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था छ।

सर्वोच्च अदालत लामो समयदेखि कामुको भरमा चलिरहेको छ। प्रधानन्यायाधीश नियुक्त नगरेको भन्दै बार एशोसिएसनसमेत सरकारविरुद्ध आन्दोलित छ।

प्रकाशित: २५ वैशाख २०८० १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =