कांग्रेस प्रतिपक्षी बनेपछि पहिलोपल्ट बस्दैछ संवैधानिक परिषद्को बैठक

हिमाल प्रेस १५ चैत २०८० १२:११
2
SHARE
कांग्रेस प्रतिपक्षी बनेपछि पहिलोपल्ट बस्दैछ संवैधानिक परिषद्को बैठक

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेपछि पहिलोपल्ट संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दलको नेता पनि सदस्य रहने व्यवस्था छ।

१८ चैत अर्थात् आइतबार बिहान बस्ने गरी प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।

यसअघि चैत १२ गतेका लागि तय भएको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको छलफलपछि प्रधानमन्त्रीले मिति तोकेका हुन्।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ।

राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल पहिलोपल्ट बैठकमा सहभागी हुँदैछन्।

गत फागुन २८ मा मात्रै उनी अध्यक्ष बनेका हुन्।

बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष दाहाल, उपसभामुख इन्दिरा राना सदस्यका रूपमा सहभागी हुनेछन्।

प्रकाशित: १५ चैत २०८० १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =