संवैधानिक परिषद्को बैठक बस्दै

हिमाल प्रेस १८ चैत २०८० ६:३५
8
SHARES
संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ- संवैधानिक परिषद्को बैठक आज बस्दैछ।

बैठक बिहान ९ बजे बस्नेछ। विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि परिषदको बैठक बोलाइएको हो। यसअघि गत सोमबार बोलाइएको बैठक आजका लागि स्थगित गरिएको थियो।

संवैधानिक पदमा रिक्त रहेका पदमा पदपूर्ति गर्नुपर्ने सरकालाई बाध्यता छ। महालेखा परीक्षक, निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायतमा नियुक्ति गर्नुपर्ने पदाधिकारीको सिफारिशका लागि बैठक बस्न लागेको हो।

बैठक अघि हिजो साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। नयाँ सत्ता समीकरणपछि हिजो तीन नेता एकै स्थानमा पहिलो पटक छलफल भएको हो।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सत्ता सहकार्य गरेका बेला ओली संवैधानिक परिषद्का सदस्य थिए भने अहिले प्रतिपक्षी नेताका रुपमा देउवा परिषद्का सदस्य छन्। परिषद्मा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल सदस्य छन्।

प्रकाशित: १८ चैत २०८० ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =