संवैधानिक परिषद्‌को बैठक सुरु

हिमाल प्रेस १६ साउन २०८० १७:०१
10
SHARES
संवैधानिक परिषद्‌को बैठक सुरु

काठमाडौँ- संवैधानिक परिषद्को बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो। यो बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने तयारी छ।

प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारका लागि संवैधानिक परिषद्को बैठक डाकेका हुन्।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ। संविधानको धारा २ सय ८४ को उपधारा ३ मा न्यायाधीश वा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ। तर यसपटक त्यसो हुन सकेको छैन।

यो संवैधानिक परिषद् बैठकले वरीयतामा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ। मंगलबार नै परिषद्ले सिफारिस गरे संसदीय सुनुवाइ समितिमा पठाइनेछ।

प्रकाशित: १६ साउन २०८० १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =