प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

हिमाल प्रेस १९ असार २०८३ १९:२७ | Friday, July 3, 2026
12
SHARES
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस भएका छन्।

संवैधानिक परिषद्को शुक्रबार बसेको बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो।

त्यस्तै बैठकले आयोगका रिक्त आयुक्त पदमा गुरुप्रसाद वाग्ले र राजिव सुब्बालाई सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले सिफारिसहरूप्रति आपत्ति जनाएका थिए। प्रस्तावित व्यक्तिउपर छलफल नै नगरी सिधै सिफारिस गरिएको भन्दै उनले आपत्ति जनाए।

आङ्देम्बेले विपक्षी दलसँग सम्वादहीनताको अवस्था अन्त्य गर्दै छलफललाई निरन्तरता दिन पनि प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।

प्रकाशित: १९ असार २०८३ १९:२७ | Friday, July 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast