प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको संसदीय सुनुवाइ सुरु

हिमाल प्रेस १३ साउन २०८३ १३:२१ | Wednesday, July 29, 2026
6
SHARES
प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको संसदीय सुनुवाइ सुरु संसदीय सुनुवाइ समिति। फाइल तस्बिर।

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ।

सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध परेको उजुरीमाथि प्रारम्भिक छलफल गरेपछि सुनुवाइ प्रक्रिया अघि बढाइएको हो। कार्कीविरुद्ध एउटा उजुरी परेको जनाइएको छ।

संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरुप्रसाद वाग्ले र डा.राजीव सुब्बाको नाम सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रमुख निर्वाचन आयुक्त नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रकाशित: १३ साउन २०८३ १३:२१ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast