निर्वाचन आयुक्त सिफारिस भएका उम्मेदवारको संसदीय सुनुवाइ मंगलबार

हिमाल प्रेस ११ साउन २०८३ १७:३९ | Monday, July 27, 2026
8
SHARES
निर्वाचन आयुक्त सिफारिस भएका उम्मेदवारको संसदीय सुनुवाइ मंगलबार संसदीय सुनुवाइ समिति। फाइल तस्बिर।

काठमाडौँ- निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारको संसदीय सुनुवाइ मंगलबार हुने भएको छ।

संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिले साेमबार सूचना जारी गर्दै निर्वाचन आयुक्त पदमा सिफारिस भएका गुरु प्रसाद वाग्ले, डा.राजीव सुब्बालाई सुनुवाइका लागि उपस्थित हुन आग्रह गरेको हो।

समितिका अनुसार मंगलबार बिहान ११:१५ बजे सिंहदरबारस्थित अर्थ समितिको सभाकक्षमा सुनुवाइ बैठक बस्नेछ।

समितिले सम्बन्धित सदस्यहरूलाई तोकिएको समयमै उपस्थित हुन निर्देशन दिएको छ।

प्रकाशित: ११ साउन २०८३ १७:३९ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast