काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी हुन टर्कीए प्रस्थान गरेका छन्।
शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्रमुख एजेन्डालाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।
टर्कीएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल सम्मेलनस्थल पुगिसकेका छन्।
अर्थमन्त्री वाग्ले कात्तिक २९ गते आइतबार नेपाल फर्किने छन्।
प्रकाशित: २३ कार्तिक २०८३ १९:०५ | Monday, November 9, 2026
प्रतिक्रिया



