संवैधानिक परिषद्ले माग्यो समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा दरखास्त

हिमाल प्रेस २० चैत २०८० ९:२५
संवैधानिक परिषद्ले माग्यो समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा दरखास्त

काठमाडौँ- संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय महिला आयोगमा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।

एक सार्वजनिक सूचना जारी गर्दै परिषद्ले समावेशी आयोगमा अध्यक्ष पद र महिला आयोगको सदस्य पदका लागि दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिन परिषद्ले आग्रह गरेको छ।

प्रकाशित: २० चैत २०८० ९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =