यस्तो छ ‘गणपति’को पहिलो गीत ‘गाढा भैदियो’

हिमाल प्रेस ४ वैशाख २०८० १२:२२
4
SHARES
यस्तो छ ‘गणपति’को पहिलो गीत ‘गाढा भैदियो’

काठमाडौँ- सबिन अधिकारी निर्देशित फिल्म ‘गणपति’को पहिलो गीत सार्वजनिक भएको छ। गीत आइतबार ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

निर्देशक अधिकारीकै शब्द र संगीत रहेको गीतमा अनिश अधिकारी र बेनिशा पौडेलको स्वर छ। गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार मुकुन भुसाल र मेनुका प्रधान फिचर्ड छन्। हरिबहादुर घलेको छायांकन रहेको फिल्म आगामी जेठ ५ गते प्रदर्शन हुनेछ।

फिल्ममा मुकुन र मेनुकासहित प्रकाश घिमिरे, सूर्यमाला शर्मा, राजाराम पौडेल, जयनन्द लामा, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, शुशीललगायतको अभिनय छ।

एबिगम्यान फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द गिरी हुन्।

https://www.youtube.com/watch?v=KsXN7SDPZO0

प्रकाशित: ४ वैशाख २०८० १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =