सहरमा आज

नयाँ वर्षमा हलमा कुन-कुन फिल्म?

हिमाल प्रेस १ वैशाख २०८१ ६:४२
18
SHARES
नयाँ वर्षमा हलमा कुन-कुन फिल्म?

काठमाडौँ- २०८१ सालको पहिलो दिन संयोगवश शनिबार परेको छ। सार्वजनिक बिदा र नयाँ वर्ष एकै दिन भएकोले आज केही विशेष बनाउने सोचिरहनुभएको छ भने हामीले संकलन गरेको उपत्यकामा भइरहेका फिल्म प्रदर्शन, नाटक मञ्चनलगायत मनोञ्जनात्मक गतिविधि तपाईंको लागि महत्वपूर्ण सामग्री हुनसक्छ।

कहाँ के हुँदैछ? हेरौँ

स्टुडियो थिएटरमा ‘कि कुमार जेलमा कि कुमार रेलमा’

पिङ्गलास्थानस्थित स्टुडियो थिएटरमा नाटक ‘कि कुमार जेलमा कि कुमार रेलमा’ मञ्चन भइरहेको छ। नाटक चैत १६ देखि मञ्चन भइरहेको नाटक सुरजले निर्देशन गरेका हुन्।

सहलेशको लेखन रहेको नाटक विराटनगर इलाका प्रहरी कार्यालयको हिरासतमा गत अप्रिल १४ २०१९ मा ज्यान गुमाएका १५ वर्षीय दलित बालक किरण कार्की ढोलीको मृत्युको घटनामा आधारित छ।

मझुवा बगर जनकला मञ्चको प्रस्तुति रहेको नाटक वैशाख २ गतेसम्म मञ्चन हुनेछ। सोमबारबाहेक साताको प्रत्येक दिन साँझ साढे पाँच बजे नाटक मञ्चन हुनेछ।

हलमा चार नेपाली

द रेड सुटकेस

फिल्म फिडेल देवकोटा निर्देशित फिल्म ‘द रेड सुटकेस’ चैत ३० देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्म वैदेशिक रोजगारी लागि विदेसिएका नेपालीका शव पुर्‍याउने एक ड्राइभरको दैनिकीमा आधारित छ। फिल्ममा कलाकार सौगात मल्ल, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ, विपिन कार्कीलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, क्यूज सिनेमाज, अष्टनारायण पिक्चर्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘द रेड सुटकेस’ चलिरहेको छ।

डिग्री माइला

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘डिग्री माइला : एम ए थर्ड क्लास’ चैत ३० देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा डिग्री पास गरेपछि अहमताले भरिएको माइलो पात्र, समाजले ऊसँग राखेको अपेक्षा र उसले शिक्षक बन्न गरेको संघर्ष प्रस्तुत गरिएको छ।

अभिनेता दयाहाङ राई मुख्य भूमिका रहेको फिल्ममा अन्य कलाकार आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल र सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, क्यूज सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, अष्टनारायण पिक्चर्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘डिग्री माइला ः एम ए थर्ड क्लास’ चलिरहेको छ।

महाजात्रा

चैत ९ गतेदेखि फिल्म ‘महाजात्रा’ चौथो सातामा प्रदर्शन भइरहेको छ। तेस्रो साता फिल्मले विश्वभरबाट २३ करोड एक लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ।

यो सन् २०१६ मा प्रदर्शन भएको फिल्म ‘जात्रा’ को तेस्रो श्रृंखला हो। अघिल्ला श्रृंखलाजस्तै यसमा अकस्मात् आइलागेको धनलाई लुकाउन तीन पात्रले गर्ने संघर्षको कथामा प्रस्तुत गरिएको छ।

साथै हाँसो र संवेदना मिश्रित गरिएको फिल्मले राजनीति र भ्रष्टाचारविरुद्ध कटाक्ष पनि गरेको छ। फिल्ममा विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ, हरिवंश आचार्य, वर्षा राउतलगायत कलाकारको अभिनय छ। फिल्म प्रदीप भट्टराईको लेखन र निर्देशनमा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, सिभिल मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको १६ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, अष्टनारायण पिक्चर्समा फिल्म ‘महाजात्रा’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, सिडिसी सिनेमाज, क्यूज सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स फिल्म महाजात्रा चलिरहेको अन्य हल हुन्।

अगस्त्य

फिल्म ‘अगस्त्य’ रञ्जना सिनेप्लेक्समा फिल्ममा एकल प्रदर्शन भइरहेको छ। फागुन १८ देखि प्रदर्शन भएको फिल्मका निर्देशक सौरभ चौधरीको लेखन र निर्देशनमा बनेको छ। फिल्म भारतमा बेचिएकी नेपाली किशोरीको उद्धारको कथामा आधारित छ।

फिल्ममा सौगात मल्ल, निश्चल बस्नेत, रविन्द्र झा, शिशिर बाङ्देल, प्रमोद अग्रहरि, नाजिर हुसेन, मलिका महत, विजय बराल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठीलगायत कलाकारको अभिनय छ।

गोडजिला भर्सेस कङः द न्यु अम्पायर

हलिउड फिल्म ‘गोडजिला भर्सेस कङः द न्यु अम्पायर’ चैत १६ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक एडम विंग्वड हुन्। गोडजिल्ला फ्रेन्चाइजीको ३८ औं र किङ कङको १३ औं श्रृंखला हो। फिल्ममा रेबेका हल, ड्यान स्टिभन्स र रचेल हाउस भ्वाइसलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, एफक्यूब सिनेमाज, मा फिल्मको चार सो छ।

कुङफु पाण्डा ४

फागुन २५ देखि नेपालमा हलिउड फिल्म ‘कुङफु पाण्डा’को चौथो भाग प्रदर्शन भइरहेको छ। एक्सन एड्भेन्चर, कमेडी र पारिवारिक जनरामा बनेको छ। फिल्मका निर्देशक माइक मिचेल र स्टेफनी स्टाइन हुन्। फिल्ममा एन्जेलिना जोली, ज्याक ब्ल्याक, ज्याकी च्यान, सेठ रोजेन, लुसी लिउ, डस्टिन होफम्यान, डेभिड क्रसलगायको अभिनय छ।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, सिभिल मल र छाया सेन्टरमा फिल्मको तीन सो छ।

क्रू

बलिउड फिल्म ‘क्रू’ पनि चैत १६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक राजेश कृष्णन हुन्। फिल्ममा तब्बु, करिना कपुर र कृति सेननलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, सिभिल मल, दरबार सिनेम्याक्स, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको दश सो छ।

प्रकाशित: १ वैशाख २०८१ ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =