सहरमा आजः

थिएटरमा तीन नाटक, हलमा ‘बोक्सीको घर’

सुस्मिता बजगाईं १५ वैशाख २०८१ ६:१९
224
SHARES
थिएटरमा तीन नाटक, हलमा ‘बोक्सीको घर’

काठमाडौँ- २०८१ सालको तेस्रो शनिबार। उपत्यका विभिन्न मनोरञ्जनात्मक गतिविधिले भरिपूर्ण भएको छ। उच्च सोसहित हलमा केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शन भइरहेको छ।

नाटकघरमा तीन नाटक मञ्चनरत छ। ‘बाखाम्माः मुन्दुममा मान्छे’, ‘ए आई’ र ‘टिकट टु हलिउड’। तीनवटै नाटकको विषयवस्तु फरक छ।

त्यस्तै दरबारमार्गमा साझँ सांगीतिक कार्यक्रम पनि रहेको छ। फुर्सदमा हुनुहुन्छ भने उपत्यकामा हुने मनोरञ्जनात्मक गतिविधिहरू तपाईंका लागि उपयुक्त हुन सक्छ।

हेरौं कहाँ के हुँदैछ?

दरबारमार्गमा सांगीतिक कन्सर्ट

दरबारमार्गस्थित कासा लाउञ्ज एण्ड बारले शनिबार ‘ब्याक टु नाइन्टिज’ नामक सांगीतिक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रम राति बेलुका ७ बजे सुरु हुनेछ। ९० दशकका चर्चित गायकहरु सञ्जय श्रेष्ठ, सञ्जीव प्रधान, ज्योति घिमिरे, जेम्स प्रधान, सुमन श्रेष्ठ, कविन्द्र श्रेष्ठ, रविन महर्जन, सुरक्षा मल्ललगायत उपस्थित हुनेछन्।

ग्राहकहरूलाई उत्कृष्ट सेवा र मनोरञ्जन प्रदान गर्दै आएको लाउञ्जले पुराना चर्चित पप गायकगायिकालाई लिएर कार्यक्रम गर्न लागेको हो।

नाटकघरमा तीन नाटक

बाखाम्मा : मुन्दुममा मान्छे

थापागाउँस्थित मण्डला थिएटरमा वैशाख १४ देखि नाटक ‘बाखाम्माः मुन्दुममा मान्छे’ मञ्चन भइरहेको छ। किरण चाम्लिङ राईको निर्देशनमा बनेको नाटकमा किरात राईको सभ्यता, संस्कृति र इतिहासलाई प्रस्तुत गरिएको छ।

नाटक राजन मुकारुङले लेखेका हुन्। केन्द्र मोसन्सको प्रस्तुति रहको नाटकमा एलिशा राई, अनिल सुब्बा, बेदना राई, विष्णु मोक्तान, मानहाङ लावती, प्रतिना राई, शायोक मुकारुङ, पुनम लक्ष्मी मगर, ज्वाला राइर्, रमिला मोक्तान, याङ्साङ मुकारुङ, रमिता राई, सचिन रत्न, साङ्मी सुनुवार, प्रशंसा गुरुङ, शिसम बान्तावा, शुभम चाम्लिङ, रविन दोङ, रोशन लोहोरुङ राई, सबनम राई, सुजना राई, प्रशान्त वाइबा र मानबहादुर राइको अभिनय छ।

सोमबारबाहेक साताको प्रत्येक दिन बेलुका साढे पाँच बजे मञ्चन भइरहेको नाटक शुक्रबार, शनिबार र आइतबार राती साढे सात बजेको अतिरिक्त सो पनि हुनेछ।

एआई

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा वैशाख १३ गतेदेखि नाटक ‘ए आई’ मञ्चन भइरहेको छ। पवित्रा खड्काले निर्देशन गरेको नाटक २२ गतेसम्म चल्नेछ।

एक्रो थिएटरको प्रस्तुति रहेको नाटकमा शिल्पीका प्रशिक्षार्थीहरुले तयार पारेका हुन्। जसमा सुवेक्षा पनेरु, विशाल पुलामी, विजय ढुङ्गेल, विष्णु श्रेष्ठ, सुमन राई र सुशान्त दाहालको अभिनय छ। नाटकमा संगीता उराँवको वेषभूषा, अनुप तिमल्सिना र गोविन्द ओलीको संगीत र प्रेम चन्द पाण्डेको संयोजन छ। यो फिजिकल नाटक हो।

मंगलबारबाहेक साताको प्रत्येक दिन साढे पाँच बजे मञ्चन भइरहेको छ भने शनिबार दिउँसो १ बजेको अतिरिक्त सो पनि हुनेछ।

टिकट टु हलिउड

मण्डलाकै सानो स्टुडियोमा वैशाख ८ देखि नाटक ‘टिकट टु हलिउड’ मञ्चन भइरहेको छ। २३ गतेसम्म मञ्चन हुने नाटकका निर्देशक सागर खाती कामी हुन्। सागरकै लेखन रहेको नाटकमा दुई पात्रको संघर्षमार्फत युवाहरुको बढ्दो बिदेसिने प्रवृत्तिलाई कमेडीमा शैलीमा प्रस्तुत गरिएको छ।

पिलो प्लानरको प्रस्तुति रहेको नाटकमा कलाकार मिलन काकी र सुदीप खतिवडाको अभिनय छ। सोमबार बाहेक साताको प्रत्येक दिन दिउँसो चार बजे मञ्चन भइरहेको नाटक शुक्रबार, शनिबार र आइतबार राती साढे सात बजेको अतिरिक्त सोपनि हुनेछ।

हलमा चार नेपाली फिल्म

बोक्सीको घर

वैशाख १४ देखि हलमा फिल्म ‘बोक्सीको घर’ प्रदर्शन भइरहेको छ। समाजका अबला नारीमाथि बोक्सीका नाममा गरिने सामाजिक अन्यायको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा केकी अधिकारी छन्।

केकीले नै निर्माण गरेको फिल्म सुरक्षण भारतीले निर्देशन गरेका छन्। हरर मिस्ट्री जनरामा बनेको फिल्ममा केकी र निर्देशक भारतीसहित स्वेच्छा राउत, शुपला सापकोटा र रमा थपलिया, सुस्मा निरौला, जीवन बराल, सविन बास्तोलालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, सिभिल मल, भाटभटेनी भक्तपुर, राइजिङ मल, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको २९ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिटी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘बोक्सीको घर’ चलिरहेको छ।

द रेड सुटकेस

फिल्म फिडेल देवकोटा निर्देशित फिल्म ‘द रेड सुटकेस’ चैत ३० देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्म वैदेशिक रोजगारी लागि विदेसिएका नेपालीका शव पुर्‍याउने एक ड्राइभरको दैनिकीमा आधारित छ।

फिल्ममा कलाकार सौगात मल्ल, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ, विपिन कार्कीलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाजमा फिल्म ‘द रेड सुटकेस’ चलिरहेको छ।

डिग्री माइला

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘डिग्री माइला : एम ए थर्ड क्लास’ चैत ३० देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा डिग्री पास गरेपछि अहमताले भरिएको माइलो पात्र, समाजले ऊसँग राखेको अपेक्षा र उसले शिक्षक बन्न गरेको संघर्ष प्रस्तुत गरिएको छ।

अभिनेता दयाहाङ राई मुख्य भूमिका रहेको फिल्ममा अन्य कलाकार आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, छाया सेन्टरमा फिल्मको पाँच सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, बिग मुभिज, सिके सिनेमाजमा फिल्म ‘डिग्री माइला ः एम ए थर्ड क्लास’ चलिरहेको छ।

महाजात्रा

चैत ९ गतेदेखि फिल्म ‘महाजात्रा’ छैटौं सातामा प्रदर्शन भइरहेको छ। यो सन् २०१६ मा प्रदर्शन भएको फिल्म ‘जात्रा’ को तेस्रो श्रृंखला हो। अघिल्ला श्रृंखलाजस्तै यसमा अकस्मात् आइलागेको धनलाई लुकाउन तीन पात्रले गर्ने संघर्षको कथामा प्रस्तुत गरिएको छ।

साथै हाँसो र संवेदना मिश्रित गरिएको फिल्मले राजनीति र भ्रष्टाचारविरुद्ध कटाक्ष पनि गरेको छ। फिल्ममा विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ, हरिवंश आचार्य, वर्षा राउतलगायत कलाकारको अभिनय छ। फिल्म प्रदीप भट्टराईको लेखन र निर्देशनमा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल र लबिम मलमा फिल्मको १३ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाजमा फिल्म ‘महाजात्रा’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स फिल्म महाजात्रा चलिरहेको अन्य हल हुन्।

रुस्लान

बलिउड फिल्म ‘रुस्लान’ वैशाख १४ देखि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। करन ललित भुटानीले निर्देशन गरेको फिल्म एक्सन जनरामा बनेको छ। फिल्ममा आयुष शर्मा, सुश्री श्रेया मिश्रा, जगपत्ति बाबु र विद्या मालवाडेलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुरमा फिल्मको १४ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिटी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा बलिउड फिल्म ‘रुस्लान’ चलिरहेको छ।

गोडजिला भर्सेस कङः द न्यु अम्पायर

हलिउड फिल्म ‘गोडजिला भर्सेस कङः द न्यु अम्पायर’ चैत १६ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक एडम विंग्वड हुन्। गोडजिल्ला फ्रेन्चाइजीको ३८ औं र किङ कङको १३ औं श्रृंखला हो। फिल्ममा रेबेका हल, ड्यान स्टिभन्स र रचेल हाउस भ्वाइसलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, लबिम मल र दरबार सिनेम्याक्समा फिल्मको चार सो छ।

कुङफु पाण्डा ४

फागुन २५ देखि नेपालमा हलिउड फिल्म ‘कुङफु पाण्डा’को चौथो भाग प्रदर्शन भइरहेको छ। एक्सन एडभेन्चर, कमेडी र पारिवारिक जनरामा बनेको छ। फिल्मका निर्देशक माइक मिचेल र स्टेफनी स्टाइन हुन्। फिल्ममा एन्जेलिना जोली, ज्याक ब्ल्याक, ज्याकी च्यान, सेठ रोजेन, लुसी लिउ, डस्टिन होफम्यान, डेभिड क्रसलगायको अभिनय छ।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर र लबिम मलमा फिल्मको दुई सो छ।

क्रु

बलिउड फिल्म ‘क्रू’ पनि चैत १६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक राजेश कृष्णन हुन्। फिल्ममा तब्बु, करिना कपुर र कृति सेननलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल। छाया सेन्टर, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्समा फिल्मको पाँच सो छ।

शैतान

बलिउड फिल्म ‘शैतान’ फागुन २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर र हरर जनरामा बनेको फिल्मका निर्देशक विकाश बहल हुन्। फिल्ममा अजय देवगन, माधवन, जानकी बोडिवाला मुख्य भूमिकामा छन्।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेक्याक्समा फिल्मको एक सो छ।

प्रकाशित: १५ वैशाख २०८१ ६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =