सहरमा आज

साहित्यमय उपत्यका

हिमाल प्रेस ५ फागुन २०८० ६:५९
122
SHARES
साहित्यमय उपत्यका

काठमाडौँ- यो साता उपत्यकामा नाटक र नेपाली तथा विदेशी फिल्म प्रदर्शन भइरहेको छ। विभिन्न स्थानमा साहित्यिक पुस्तक विमोचन, गजल वाचन कार्यक्रमले साहित्यमय छ।

नाटकघरमा गंगालाल’, ‘द डिपाचर’ र ‘मासिन्या’ मञ्च भइरहेको छ। हलमा भने तीन नेपाली फिल्म छन्। ‘जिग्री’ ‘दयारानी’ र ‘हात्तीछाप’। अन्य केकस्ता मनोरञ्जनात्मक गतिविधि भइरहेका छन् त?

विमोचित कृति ‘स्वस्थानी व्रतकथा’

कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ हलमा ‘स्वस्थानी व्रतकथा’ नामक पुस्तक विमोचन हुँदैछ। पुस्तकका लेखक रामेश्वरी पन्त हुन्। कार्यक्रम दिउँसो २ बजे हुनेछ। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।

पहिलो साहित्यिक जमघट आरोह जिन्दगीको

बागबजारस्थित सिटीम्याक्स हलमा आरोह जिन्दगीको पहिलो साहित्यिक जमघट हुँदैछ। ओशोधारा संघका संयोजक आचार्य ओशो अखण्डको प्रमुख आतिथ्यमा बिहान साढे ११ बजे सुरु हुनेछ।

कार्यक्रममा नेपाली गजलमा आफ्नो अलग्गै पहिचान बनाएका गजलकार आँचलकुमार शर्मा, एमपी पाण्डे, छन्द वाचनमा पकड जमाइसकेका गजलकार शिव त्रिपाठी र ‘के लत बस्यो मलाई’ गजलका साधक डा. प्रदीपकुमार मैनालीले आफ्नो रचना वाचन गर्नेछन्।

नाटकघरमा तीन नाटक

सर्वनाममा ‘द डिपाचर’

कालिकास्थानस्थित सर्वनाम थिएटरमा माघ २७ गतेदेखि नाटक ‘द डिपाचर’ मञ्चन भइरहेको छ। नाटकमा विभिन्न परिस्थितिले परिवार र प्रेमीलाई छोडेर बिदेसिनु परेको कथालाई समेटिएको छ।

नरेन भट्टराईले लेखन रहेको नाटक मञ्चनको आज अन्तिम दिन हो। कृष्ण खड्काको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा कलाकार नरेन भट्टराई, शोभा कार्की, मुकेश हमाल, धिरज थापा मगर, स्वस्थानी राउत, सुरज पराजुली, विध्यक तिलकको अभिनय छ।

नाटक आज ५ बजे र दिउँसो १ बजे मञ्चन हुनेछ।

शिल्पीमा ‘गंगालाल’

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा सहिद गंगालाल श्रेष्ठको जीवनीमा आधारित नाटक ‘गंगालाल’ मञ्चन भइरहेको छ। माघ १९ देखि सुरु भएको नाटक मञ्चनको आज अन्तिम दिन हो।

चे शंकरको लेखन र निर्देशनमा बनेको नाटकमा रंगकर्मी इनारा बानु, निरज दाहाल, कुमु एडेन बात्री, रोशन चन्द, दिपक पच्छलदङ्या, रेवन राई, निर्भीक भट्टराई, एलिजा तुम्बापो, शकु शाहलगायतको अभिनय छ।

नाटक साताको प्रत्येक दिन साँझ सवा ५ बजे मञ्चन भइरहेको छ। आज शनिबार दिउँसो १ बजे अतिरिक्त सो पनि हुनेछ।

गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको हो।

मण्डलामा ‘मासिन्या’

थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘मासिन्या’ मञ्चन भइरहेको छ। नाटकमा तामाङ संस्कृति, संस्कार, रीतिरिवाज, भाषालगायतलाई समाजमा भएका उपल्लो भनिने वर्ग र राज्यसत्ताले गर्दै आएको शोषण र दमनलाई मुख्य विषय बनाइएको छ।

नाटकको परिकल्पना तथा निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतको लेखन रहेको नाटक माघ ११ देखि मञ्चनरत छ।

फागुन १२ सम्म मञ्चन हुने नाटकमा रुपेश तामाङ, रोहनी लामा, सुनिल तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, रविन दोङ, विकास लामा, इंगीहोपो कोइँच सुनुवार, शीतल थोकर, विजय नेपाल, निर्मल साउदलगायत कलाकारहरुको अभिनय छ।

सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुने नाटक शनिबार भने दिउँसो १ बजेको अतिरिक्त सो हुनेछ।

कला परिषदमा ‘सार्वभौम वन’

बबरमहलस्थित नेपाल कला परिषदमा मंसिर २३ देखि ‘सार्वभौम वन’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी भारतीय फिल्मकर्मी एवं अभियन्ता अमर कन्वरको मल्टिमिडिया प्रस्तुति हो।

कन्वरले संकलन गरेका सन् १९९० देखि भारतको उडिसा राज्य र रैथाने जनजातिबीच भएको द्वन्द्वको मल्टिमिडिया दस्तावेजलाई प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीमा फोटो, डकुमेन्ट्री, लिखित दस्तावेज, विभिन्न प्रजातिका रैथाने बिउ विजन, चित्रलगायतका विभिन्न दस्तावेजहरू छन्।

प्रदर्शनी चैत १८ सम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि साँझ सात बजेसम्म खुल्ला रहनेछ। प्रदर्शनीमा प्रवेश निःशुल्क छ।

हलमा तीन नेपाली, हिन्दी र अंग्रेजी फिल्म

नेपाली हलहरुमा नेपाली, हिन्दी र अंग्रेजी गरी आठ फिल्म प्रदर्शन भइरहेको छ। नेपालीमा ‘जिग्री’, ‘हात्तीछाप’, ‘दयारानी’ र ‘दिमाग खराब’ चलिरहेको छ। त्यस्तै विदेशी फिल्म

कुन हलमा कुन फिल्म?

जिग्री

फागुन ४ देखि फिल्म ‘जिग्री’ हलहरूमा प्रदर्शन भइरहेको छ। फिल्म आकाश मगरले निर्देशन गरेका हुन्।

‘एउटा आलु जस्तो, अर्को तामा जस्तो’ ट्यागलाइन रहेको फिल्ममा अनेकौँ सपना बोकेर काठमाडौँ आएका दुई फरक युवाको संघर्षको कथा प्रस्तुत गरिएको छ।

ती युवाले महँगी र अभावमा पिल्सिँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको संघर्ष फिल्मको मुख्य विषयवस्तु हो। कमेडी, क्राइम, एक्सन, ड्रामा जनरामा बनेको छ।

फिल्ममा कलाकार अभय बराल, आकाश मगर, सुशीलराज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिश व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारीलगायतको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिएसआर मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण पिक्चर्समा फिल्म ‘जिग्री’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, क्यूज सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, क्यूज सिनेमाज फिल्म ‘जिग्री’ चलिरहेको अन्य हल हुन्।

हात्तीछाप

माघ २६ देखि फिल्म ‘हात्तीछाप’ हलमा प्रदर्शन भइरहेको छ। सिमोस सुनुवारले निर्देशन गरेको फिल्म प्रदीप भारद्वाजको लेखन छ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राईलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, सिभिल मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज अन्य हल हुन्।

दयारानी

माघ २६ देखि हलमा फिल्म ‘दयारानी’ प्रदर्शन भइरहेको छ। गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित फिल्ममा निःसन्तान हुँदा घरपरिवार र समाजले हेर्ने दृष्टिकोणलाई प्रस्तुत गरिएको छ।

माओत्से गुरुङको लेखन र निर्देशनमा बनेको फिल्ममा कलाकार दयाहाङ राई, दीया पुन, विजय बराल, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिर्षा कुँवर, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायतको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, सिभिल मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स फिल्म ‘दयारानी’ चलिरहेको अन्य हल हुन्।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘दयारानी’ चलिरहेको छ।

दिमाग खराब

कात्तिक २४ देखि फिल्म ‘दिमाग खराब’ प्रदर्शनरत छ। जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्। उपत्यकामा रञ्जना सिनेप्लेक्समा फिल्म सोलो प्रदर्शन भइरहेको छ।

फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नवीन खड्कालगायतको अभिनय छ।

मेडम वेभ

हलिउड फिल्म ‘मेडम वेभ’ पनि फागुन ४ गतेदेखि नै प्रदर्शन भइरहेको छ। एसजे क्लार्कसन निर्देशित फिल्ममा डकोटा जोन्सन, सिड्नी स्वीनी, एम्मा रोबट्र्स, एडम स्कट, इसाबेला मर्सिडलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्स, लबिम मल र सिभिल मलमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्समा हलिउड फिल्म ‘मेडम वेभ’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, बिग मुभिज, क्यूज सिनेमाज, सिके सिनेमाज, सिके सिनेमाज, क्यूज सिनेमाज हलिउड फिल्म ‘मेडम वेभ’ चलिरहेको अन्य हल हुन्।

बब मार्लीः वान लभ

हलिउड फिल्म ‘बब मार्लीः वान लभ’ फागुन ४ गतेदेखि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। यो विश्वचर्चित गायक तथा गीतकार बब मार्लीको बायोपिक फिल्म हो। यो फिल्ममा मार्लीको जीवन, उनको सांगीतिक यात्राको चित्रण गरिएको छ।

रेनाल्ड मार्कस ग्रीन निर्देशित फिल्ममा किंग्स्ले बेन, आदिर जेम्स र नोर्टन लसाना लिंचलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण पिक्चर्समा हलिउड फिल्म ‘बब मार्लीः वान लभ’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, बिग मुभिज, क्यूज सिनेमाज, रञ्जना सिनेप्लेक्स हलिउड फिल्म ‘बब मार्लीः वान लभ’ चलिरहेको अन्य हल हुन्।

तेरी बातों मे ऐसा उलझा जिया

बलिउड फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ प्रदर्शन भइरहेको छ। प्रेमकथामा आधारित फिल्ममा शाहिद कपूर, कृति सेनन, धर्मेन्द्र, डिम्पल कपाडियालगायत कलाकारको अभिनय छ। फिल्म अराधना शाह र अमित जोशीले निर्देशन गरेका हुन्।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्समा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, सिके सिनेमाज, क्यूज सिनेमाज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, बिग मुभिज, क्यूज सिनेमाज, रञ्जना सिनेप्लेक्स फिल्म चलिरहेको अन्य हल हुन्।

फाइटर

बलिउड फिल्म ‘फाइटर’ माघ ११ देखि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। फिल्ममा ४० भारतीय सेनामाथि भएको आतंकवादी हमलाको बदला लिन भारतले गरेको हवाई आक्रमणलाई देखाइएको छ।

सिद्धार्थ आनन्द निर्देशित फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपुरलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा सिद्धार्थ आनन्द र भारतीय सेनाका पूर्वअधिकृत तथा लेखक रामन छिबले लेखका हुन्। यो फिल्मलाई भारतको पहिलो एरिकल एक्सन फिल्म भनिएको छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, सिभिल मल र छाया सेन्टरमा फिल्मको सो छ।

प्रकाशित: ५ फागुन २०८० ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =