सहरमा आजः

शिल्पीमा ‘झोडा’, हलमा ‘गोर्खा वारियर’

सुस्मिता बजगाईं १२ फागुन २०८० ७:०४
152
SHARES
शिल्पीमा ‘झोडा’, हलमा ‘गोर्खा वारियर’

काठमाडौँ- यो साता उपत्यकामा नाटक मञ्चन, पुस्तक विमोचनलगायतका थुप्रै मनोरञ्जनात्मक कार्यक्रम भइरहेको छ। हलमा नेपाली फिल्म ‘गोर्खा वारियर’ प्रदर्शन भइरहेको छ। त्यसबाहेक नाटकघरमा साहित्यकार गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनी’आधारित नाटक ‘झोडा’ र ‘मासिन्या’ मञ्चन भइरहेको छ।

अछामी भाषाको पहिलो गजलसङ्ग्रह विमोचनसहित अन्य केकस्ता मनोरञ्जनात्मक गतिविधि भइरहेका छन् त?

विमोचित कृति

सागर रिमालको ‘ओटालो’

गजलकार सागर रिमालको गजलसङ्ग्रह ‘ओटालो मञ्चन हुँदैछ। पुस्तकलाई अछामी भाषाको पहिलो गजलसङ्ग्रह भनिएको छ। गजलकार रिमालको पनि यो पहिलो कृति हो।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षको गोलो हलमा पुस्तकको विमोचन कार्यक्रम छ। कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ। कार्यक्रम कुईकाले मिडिया प्रा.लि.ले आयोजना गरेको हो।

नाटकघरमा दुई नाटक

शिल्पीमा ‘झोडा’

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा फागुन ११ देखि नाटक ‘झोडा’ मञ्चन भइरहेको छ। नाटक साहित्यकार गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनी’ मा आधारित छ। नाटकको परिकल्पना र निर्देशन चेतन आङथुपोले गरेका छन्।

नाटकमा तराईमा झोडा फाँडेर बस्ने आदिवासी समुदायको कथा समेटिएको छ। २०२८ सालदेखि २०३२ सालसम्मको झोडाको संक्रमणकालीन समयलाई नाटकमा प्रस्तुत गरिएको छ।

नाटकमा मन कुमार योङ्गहाङ, रमिला राई (रमिता), उदय वेघा, बेन्वो सन्तोष, मनिस मगर (प्रविन), बविना राई, मिना नेम्बाङ, विपिसा राई, मनिक शंकर, युगल लिम्बू, दीपक खरेल, प्रविन भण्डारी, चेतना आचार्य र प्रिन्स तामाङको अभिनय छ।

नाटकको नाट्य रूपान्तरण सुमन लिङदेनले गरेका छन्। नाटकका निर्माता सुरेश माङ्पाहाङ राई हुन्। चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटक फागुन २२ गतेसम्म मञ्चन हुनेछ। साताको प्रत्येक दिन साँझ पाँच बजे मञ्चन भइरहेको नाटक शनिबार भने दिउँसो १ बजेको अतिरिक्त सो हुनेछ।

यसअघि नाटक गत असोज २३ देखि कात्तिक ४ गतेसम्म दमकस्थित किराँत भवनमा मञ्चन गरिएको थियो।

मण्डलामा ‘मासिन्या’

थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि नाटक ‘मासिन्या’ मञ्चनरत छ। नाटक मञ्चनको आज अन्तिम दिन हो। आज दिउँसो १ बजे र ५ बजेको दुई सो हुँदैछ।

नाटकमा तामाङ संस्कृति, संस्कार, रीतिरिवाज, भाषालगायतलाई समाजमा भएका उपल्लो भनिने वर्ग र राज्यसत्ताले गर्दै आएको शोषण र दमनलाई मुख्य विषय बनाइएको छ।

नाटकको परिकल्पना तथा निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतको लेखन छ।

नाटकमा रुपेश तामाङ, रोहनी लामा, सुनिल तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, रविन दोङ, विकास लामा, इंगीहोपो कोइँच सुनुवार, शीतल थोकर, विजय नेपाल, निर्मल साउदलगायत कलाकारहरुको अभिनय छ।

कला परिषदमा ‘सार्वभौम वन’

बबरमहलस्थित नेपाल कला परिषदमा मंसिर २३ देखि ‘सार्वभौम वन’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी भारतीय फिल्मकर्मी एवं अभियन्ता अमर कन्वरको मल्टिमिडिया प्रस्तुति हो।

कन्वरले संकलन गरेका सन् १९९० देखि भारतको उडिसा राज्य र रैथाने जनजातिबीच भएको द्वन्द्वको मल्टिमिडिया दस्तावेजलाई प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीमा फोटो, डकुमेन्ट्री, लिखित दस्तावेज, विभिन्न प्रजातिका रैथाने बीउबिजन, चित्रलगायतका विभिन्न दस्तावेजहरू छन्।

प्रदर्शनी चैत १८ सम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि साँझ सात बजेसम्म खुल्ला रहनेछ। प्रदर्शनीमा प्रवेश निःशुल्क छ।

हलमा नेपाली, हिन्दी र अंग्रजी फिल्म

हलहरुमा नेपाली, हिन्दी र अंग्रजी फिल्म प्रदर्शन भइरहेको छ। नेपालीमा ‘गोर्खा वारियर’, ‘हात्तीछाप’ र ‘दयारानी’ चलिरहेको छ।

त्यस्तै विदेशी फिल्म ‘आर्टिकल ३७०’, ‘क्रक जितेगा तो जियेगा’, ‘तेरी बातों मे ऐसा उलझा जिया’, ‘फाइटर’, ‘मेडम वेभ’, ‘बब मार्लीः वान लभ’ प्रदर्शनरत छन्।

कुन हलमा कुन फिल्म?

गोर्खा वारियर

फागुन ११ देखि फिल्म ‘गोर्खा वारियर’ हलहरुमा प्रदर्शन भइरहेको छ। फिल्म गोर्खा सैनिकले सन १९४९ मा मलाया इमरजेन्सी जंगल वारमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा आधारित छ।

फिल्मका निर्देशक मिलन चाम्स हुन्। फिल्ममा विजय लामा, शिशिर वाङ्देल, रितेश चाम्स, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, बिरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राईलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल,सिभिल मल र छाया सेन्टरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, क्यूज सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘गोर्खा वारियर’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स फिल्म ‘गोर्खा वारियर’ चलिरहेको अन्य हल हुन्।

हात्तीछाप

माघ २६ देखि फिल्म ‘हात्तीछाप’ हलमा प्रदर्शन भइरहेको छ। सिमोस सुनुवारले निर्देशन गरेको फिल्म प्रदीप भारद्वाजको लेखन छ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राईलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकामा एफक्यूब सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

दयारानी

माघ २६ देखि हलमा फिल्म ‘दयारानी’ प्रदर्शन भइरहेको छ। गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित फिल्ममा निःसन्तान हुँदा घरपरिवार र समाजले हेर्ने दृष्टिकोणलाई प्रस्तुत गरिएको छ।

माओत्से गुरुङको लेखन र निर्देशनमा बनेको फिल्ममा कलाकार दयाहाङ राई, दीया पुन, विजय बराल, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिर्षा कुँवर, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायतको अभिनय छ।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल र छाया सेन्टरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘दयारानी’ चलिरहेको अन्य हल हुन्।

आर्टिकल ३७०

बलिउड फिल्म ‘आर्टिकल ३७०’ फागुन ११ देखि नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर एक्सन र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक आदित्य सुहास जांभले हुन्। फिल्ममा यामी गौतम, प्रियमणि, किरण कर्माकारलगायतको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल, सिभिल मल र छाया सेन्टरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, सिके सिनेमाज, सिडिसी सिनेमाज, क्यूज सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा बलिउड फिल्म ‘आर्टिकल ३७०’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स बलिउड फिल्म ‘आर्टिकल ३७०’ चलिरहेको अन्य हल हुन्।

क्र्याक जितेगा तो जियेगा

फागुन ११ देखि नेपाली हलहरुमा हिन्दी फिल्म ‘क्र्याक जितेगा तो जियेगा’ प्रदर्शन भइरहेको छ। एक्सन जनरामा बनेको फिल्म आदित्य दत्तले निर्देशन गरेका हुन्। फिल्ममा एमी ज्याक्सन, विद्युत जमवाल,नोरा फतेहीलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्समा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, सिके सिनेमाज, क्यूज सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा हिन्दी फिल्म ‘क्र्याक जितेगा तो जियेगा’ चलिरहेको छ।

त्यस्तै वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स हिन्दी फिल्म ‘क्र्याक जितेगा तो जियेगा’ चलिरहेको अन्य हल हुन्।

तेरी बातों मे ऐसा उलझा जिया

नेपाली हलमा बलिउड फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ प्रदर्शन भइरहेको छ। प्रेमकथामा आधारित फिल्ममा शाहिद कपूर, कृति सेनन, धर्मेन्द्र, डिम्पल कपाडियालगायत कलाकारको अभिनय छ। फिल्म अराधना शाह र अमित जोशीले निर्देशन गरेका हुन्।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल, सिभिल मल र छाया सेन्टर, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाजमा फिल्मको सो छ।

बब मार्लीः वान लभ

हलिउड फिल्म ‘बब मार्लीः वान लभ’ फागुन ४ गतेदेखि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। यो विश्वचर्चित गायक तथा गीतकार बब मार्लीको बायोपिक फिल्म हो। यो फिल्ममा मार्लीको जीवन, उनको सांगीतिक यात्राको चित्रण गरिएको छ।

रेनाल्ड मार्कस ग्रीन निर्देशित फिल्ममा किंग्स्ले बेन, आदिर जेम्स र नोर्टन लसाना लिंचलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिममा फिल्मको एक सो छ।

मेडम वेभ

हलिउड फिल्म ‘मेडम वेभ’ पनि फागुन ४ गतेदेखि नै प्रदर्शन भइरहेको छ। एसजे क्लार्कसन निर्देशित फिल्ममा डकोटा जोन्सन, सिड्नी स्वीनी, एम्मा रोबट्र्स, एडम स्कट, इसाबेला मर्सिडलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर र लबिम मलमा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, क्यूज सिनेमाज, रञ्जना सिनेप्लेक्समा हलिउड फिल्म ‘मेडम वेभ’ चलिरहेको छ।

फाइटर

बलिउड फिल्म ‘फाइटर’ माघ ११ देखि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। फिल्ममा ४० भारतीय सेनामाथि भएको आतंकवादी हमलाको बदला लिन भारतले गरेको हवाई आक्रमणलाई देखाइएको छ।

सिद्धार्थ आनन्द निर्देशित फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपुरलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा सिद्धार्थ आनन्द र भारतीय सेनाका पूर्वअधिकृत तथा लेखक रामन छिबले लेखका हुन। यो फिल्मलाई भारतको पहिलो एरिकल एक्सन फिल्म भनिएको छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मलमा फिल्मको एक सो छ।

प्रकाशित: १२ फागुन २०८० ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =