न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी

हिमाल प्रेस २२ चैत २०७९ १६:५०
22
SHARES
न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी न्यायाधीश गिरी

काठमाडौँ- न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। वैवाहिक जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालतसमक्ष पक्राउ पुर्जी माग गरेको थियो। अदालतले प्रहरीको माग बमोजिम अनुमति दिएपछि पक्राउ पुर्जी जारी भएको हो।

गिरी न्याय परिषद्‌मा कार्यरत छन्। उनलाई श्रीमतिले वैवाहिक बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। गत असारमा न्यायाधीश भएर जिल्लामा पदस्थापन भएका गिरीको एक महिनाअघि काठमाडौंस्थित न्याय परिषद्‌मा सरुवा भएको थियो।

प्रकाशित: २२ चैत २०७९ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =