राष्ट्रियसभाबाट दुई विधेयक पारित

हिमाल प्रेस २१ चैत २०७९ १६:३४
6
SHARES
राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ- राष्ट्रियसभा बैठकबाट दुई विधेयक पारित भएको छ। मंगलबार बसेको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ पारित गरेको हो। यी विधेयकहरू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले दर्ता गराएको थियो। सरकारको तर्फबाट तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले दर्ता गराएका थिए।

सार्वजनिक सेवा प्रसारण विधेयकमा सरकारी सञ्चार माध्यमको रुपमा रहेका नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकै प्रसारण संस्थामा गाभेर सार्वजनिक सेवा प्रसारण संस्था निर्माण गर्ने उल्लेख छ।

राष्ट्रियसभामा उत्पत्ति भएका यी दुवै विधेयक अब प्रतिनिधिसभामा जानेछन्। राष्ट्रियसभाको अर्को बैठक आउँदो चैत २७ गते सोमबार अपराह्न १ बजे बस्नेछ।

प्रकाशित: २१ चैत २०७९ १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 11 =