नेसपाले नवलपुरमा आज र भाेलि केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम गर्दै

हिमाल प्रेस २८ वैशाख २०८१ ५:४९
98
SHARES
नेसपाले नवलपुरमा आज र भाेलि केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम गर्दै

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समितिले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्दैछ। समितिले आज शुक्रबार र भोलि शनिबार दुईदिन देवचुली नवलपुरमा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो।

नेसपा केन्द्रीय प्रचार प्रसार विभागका अनुसार नेसपा महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको सैद्धान्तिक र वैचारिक पक्षको मार्गनिर्देशका विषय प्रशिक्षण दिने छन्।

सोनामसिं स्याङ्तानले सांगठनिक विषयमा प्रशिक्षण दिनेछन् भने हिसिला यमि, भक्तबहादुर शाह र जनकराज शाहले आर्थिक, उत्पादन तथा स्वरोजगार, नीति तथा योजना विषयमा प्रशिक्षण दिनेछन्।

त्यसैगरी प्रचार प्रसार तथा सूचना प्रविधि (आईटी) बारे मानुषी यमि भट्टराई र कपिल काफ्लेले, अभियान सञ्चालन तथा जनपरिचालनबारे घमानसिं गुरुङले, कानुन, न्याय, स्थानीय तह र सरकारबारे कृष्ण शर्मा र डा।मुक्ति रिजालले प्रशिक्षण दिनेछन्।

अर्थतन्त्रका बारेमा भने डा.रेशम थापा र नेतृत्व प्रणालीका बारेमा राजु केसीले प्रशिक्षण दिने प्रचार प्रसार विभागले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०८१ ५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =