राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिने समझदारी

हिमाल प्रेस १२ फागुन २०७९ २०:०७
154
SHARES
राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिने समझदारी

काठमाडौँ-  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकले विभिन्न समझदारी गरेको छ। राष्ट्रपति कांग्रेसलाई, उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई र राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिने समझदारी भएको हो।

बालुवाटारमा बसेको दलहरूको बैठकले निर्वाचनअघिको गठबन्धन ब्युँताउने सहमति गरेर पद भागबन्डा गरेका हुन्। सत्ता गठबन्धनम आठ दल भएका भएका छन्। अब गठबन्धन दलमा कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोसपा र जनमोर्चा भएका हुनेछन्।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन्। ‘आजदेखि हाम्रो नयाँ राजनीतिक यात्रा सुरु भएको छ भनेर प्रधानमन्त्रीले भन्नुभयो। यसैलाई अघि बढाऔँ भनेर भन्नुभयो, उहाँले सबै मिलेर जाउँ। जनतालाई सेवा दिने कुरालाई एकताबद्ध गएर जाऔँ भनेर अपील गर्नुभयो’ बैठकपछि नेकपा एसका नेता प्रकाश ज्वालाले भने।

पुरानै गठबन्धन ब्युँतियो : राष्ट्रपति कांग्रेसलाई, उपराष्ट्रपति जसपालाई

 

प्रकाशित: १२ फागुन २०७९ २०:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =