पाथीभरा माताको दर्शन गरी आजको राशिफल हेर्नुस्

हिमाल प्रेस २८ वैशाख २०८१ ५:४०
402
SHARES
पाथीभरा माताको दर्शन गरी आजको राशिफल हेर्नुस्

आज मिति २०८१, वैशाख २८ गते शुक्रबार। वैशाख शुक्ल तृतिया तिथि। पञ्चाङ्ग अतिगंड तैतल रोहिणी। तदनुसार २०२४ मे १०। आज यस्तो छ तपाईँको राशिफल।

मेष

सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

वृष

नयाँ काम गर्ने अवसर मिल्नेछ। सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ। जागिरमा पदोन्नति हुनेछ। राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ।

मिथुन

परोपकारी काममा रुचि बढ्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ।

कर्कट

सहयोगीहरूले काममा साथ दिनेछन। आँटेका काम पनि सजिलै बन्नेछन्। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ।

सिंह

साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा प्रसस्त लाभ मिल्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

कन्या

टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ।

तुला

व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि प्रगति हुने समय छ।

वृश्चिक

व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा प्रगती हुनेछ।

धनु

रोकिएका अधुरा काम सुचारु हुनेछन्। धेरैले तपाईँका कामको तारिफ गर्नेछन्। लामो समयपछि साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ।

मकर

समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। रमाइलोमा समय बित्नेछ।

कुम्भ

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तको सहयोगले महत्त्वपूर्ण काम सफल हुनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

मीन

सोचेको आटेको काम बन्नेछन्। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा बदलिने छ।

प्रकाशित: २८ वैशाख २०८१ ५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =