महिला नेतृत्व शिखर सम्मेलन सुरु

हिमाल प्रेस ११ चैत २०७९ १९:०१
4
SHARES
महिला नेतृत्व शिखर सम्मेलन सुरु

काठमाडौँ- नेपाल उद्योग परिसंघको आयोजनामा काठमाडौँमा महिना नेतृत्व शिखर सम्मेलन सुरु गरिएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे।

परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा सुरु भएको सम्मेलन कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित भएको छ। कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्यले सम्मेलन गरिएको परिसंघले जानकारी दिएको छ।

सम्मेलनमा लैंगिक समानताका विषयसहित महिला नेतृत्वबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरूका सफलता सुनाउने, तथा प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने परिसंघको भनाइ छ।

नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा छलफल भइरहेको छ।

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायत क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वहरूको सहभागिता छ।

सम्मेलनमा सामाजिक र सूचनाप्रविधि क्षेत्रमा उच्च योगदान पु¥याएका म्यागी डोइन र सोनिका मानन्धरलाई इन्स्पायरिङ ओमन अफ द इयरबाट सम्मान गरिएको छ। सम्मेलदनमा उद्यमशीलता प्रवद्र्धनका लागि महिला उद्यमीहरूबाट उत्पादित स्वदेशी वस्तुको प्रदर्शनी समेत गरिएको छ।

प्रकाशित: ११ चैत २०७९ १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =