मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनी ट्रान्सफर

हिमाल प्रेस २७ फागुन २०७९ १५:२२
2
SHARE
मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनी ट्रान्सफर

काठमाडौँ- मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनी ट्रान्सफर रहने भएको छ। त्यसका लागि मुन्द्रेको कमेडि क्लबको निर्माता कि इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच सम्झौता गरिएको छ।

सम्झौताअनुसार चैत २ गतेदेखि ‘सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लब’ नामबाट कार्यक्रम प्रसारण हुनेछ। कार्यक्रम कान्तिपुर टेलिभिजन युट्युबमा ओसीआर डिजिटलमार्फत प्रसारण गरिनेछ।

सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लब हरेक बिहीबार राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिनेछ। कार्यक्रमका मुख्य पात्र हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियंका कार्की रहेका छन्।

प्रकाशित: २७ फागुन २०७९ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =