राष्ट्रिय अपांग कोषलाई सिटी एक्सप्रेसको आर्थिक सहयोग

हिमाल प्रेस ४ वैशाख २०८० १६:२५
4
SHARES
राष्ट्रिय अपांग कोषलाई सिटी एक्सप्रेसको आर्थिक सहयोग

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपांग कोषलाई आर्थिक सहयोग गरेको छ। सिटी एक्सप्रेसले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय अपांग कोषलार्ई ५ लाख रुपैयाँ सहयोग गरेको हो।

राष्ट्रिय अपांग कोष देशभर रहेका अपांगता भएका व्यक्तिहरूको अपांगता पुनसर््थापना तथा विकासका लागि शिक्षा, स्वास्थ, रोजगारी र समावेशी समाजका लागि समाज कल्याण परिषदद्वारा स्थापित संचालित कोष हो।

राष्ट्रिय अपांग कोषले वार्षिक १ हजार ५ सय अपांगता भएका व्यक्तिका लागि आवश्यक सहयोग सामग्री उपलब्ध गराउँदै आएको छ। साथै कोषले गुणस्तरिय फिजियोथेरापी, अकुपेसनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपांग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपांगता भएकाहरूलाई सेवा पु¥याउने उद्देश्यले राष्ट्रिय अपांग कोषलार्ई उक्त रकम सहयोग गरेको हो।

सिटी एक्सप्रेस रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको र विगत १६ वर्षदेखि विभिन्न देशबाट विप्रेषण सेवा प्रदान गर्दै आएको कम्पनी हो।

प्रकाशित: ४ वैशाख २०८० १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =