सिटी एक्सप्रेसको दसैँ, तिहार योजनाका विजेताले पाए पाँच तोला सुन

हिमाल प्रेस २१ मंसिर २०७९ १६:१५
6
SHARES
सिटी एक्सप्रेसको दसैँ, तिहार योजनाका विजेताले पाए पाँच तोला सुन

काठमाडौँ– सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दसैँ तिहारलाई गोल्डेन बनायो’ योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको छ। योजनाअन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रकम पठाएका जीवन रायमाझीले जितेका छन्। उनले पाँच तोला सुन पाएका छन्।

बेलायतबाट सिटी एक्सप्रेसमार्फत रेमिट्यान्स पठाएकी नूना गुरुङ र कोरियाबाट रकम पठाउने रिनाकुमारी तामाङले एक÷एक तोला सुन प्राप्त गरेका छन्।मलेसियाबाट रेमिट्यान्स पठाएका पुरण रोका, जापानबाट रेमिट्यान्स पठाएका रवीन्द्र मानन्धर र कुबेतबाट रेमिट्यान्स पठाएकी सुनिता दराईलले १०/१० तोला चाँदी पाएका छन्।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैँ, तिहारलगायत चाडबाडको अवसरमा भदौ १५ गते ६३ दिनसम्म उक्त योजना चलाएको थियो। योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एक जनालाई एक तोला सुन, हरेक हप्ता एक जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताले आकर्षक उपहार पाएका छन्।

अन्त्यमा मेगा बम्पर विजेताका रूपमा एक जनालाई पाँच तोला सुन उपहार दिइएको छ। यस योजनाअन्तर्गत १ हजार ८ जनाले दैनिक उपहार, ९ जनाले साप्ताहिक उपहार र २ जनाले मासिक उपहार पाएका छन्।

प्रकाशित: २१ मंसिर २०७९ १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =