सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड एम्बासडरमा जितु नेपाल

हिमाल प्रेस २८ असार २०८० १८:५७
6
SHARES
सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड एम्बासडरमा जितु नेपाल

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफर १७औँ वर्षमा प्रवेश गरेको छ। बुधबार १७औँ वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले विभिन्न कार्यक्रमहरू गरेर वार्षिकोत्सव मनाएको छ।

सोही अवसरमा कम्पनीले आफ्नो ब्राण्ड एम्बासडरमा हास्यकलाकार जितु नेपाललाई नियुक्त गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्यकलाकार नेपालले सोसम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर गरेका हुन्।

वार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेसले रक्तदान कार्यक्रम पनि गरेको थियो। काठमाडौँको कमलादीस्थित कम्पनीको मुख्य कार्यालयमा आयोजना गरिएको कार्यक्रममा रक्तदाताहरूको उल्लेख्य सहभागिता थियो।

प्रकाशित: २८ असार २०८० १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =