यी हुन् डिशहोममा १ वर्षको रिचार्ज गर्दा १ लाख जित्ने ग्राहक

हिमाल प्रेस १८ फागुन २०७९ १६:३७
2
SHARE
यी हुन् डिशहोममा १ वर्षको रिचार्ज गर्दा १ लाख जित्ने ग्राहक

काठमाडौँ- डिशहोमले ल्याएको १ वर्षको रिचार्ज गर्दा २ वर्ष हेर्न मिल्ने योजनामा २ जनाले १–१ लाख रुपैयाँ जितेका छन्। योजना अन्तर्गत डिशहोमका ग्राहकले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफरमार्फत् गरेको १ वर्षको रिचार्ज गर्दा १–१ लाख रुपैयाँ जितेका हुन्।

अफरमा कम्पनीले रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकलाई लक्की ड्रमार्फत नगद १ लाख रुपैयाँ जित्ने अवसर दिँदै आएको छ। सोही अवसर अनुसार भिमसेन थापा गाउँपालिका–२ का रामजी प्रसाद अंगाइ र गंगा जमुना गाउँपालिका–४ का राजेन्द्र भण्डारीले जनही एक लाख रुपैयाँ जितेका हुन्। ‘डिलर दाई बिष्णुमणी श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठकोमा एक वर्ष रिचार्ज गरेर रामजी प्रसाद अंगाई र राजेन्द्र भण्डारीले लक्की ड्रमा सहभागी भएका थिए।

डिशहोमकोतर्फबाट सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरे।

प्रकाशित: १८ फागुन २०७९ १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =