डिशहोम टीभी अब मोबाइलमै

हिमाल प्रेस २१ असार २०८० १८:२७
4
SHARES
डिशहोम टीभी अब मोबाइलमै

काठमाडौँ- डिशहोम टीभी अब मोबाइलमै हेर्न सकिने भएको छ। त्यसका लागि कम्पनीले ‘डिशहोम गो’ सञ्चालनमा ल्याएको छ। अहिलेसम्म सेट अप बक्समामात्रै सीमित रहेका टीभी च्यानलहरू ओटीटीमार्फत मोबाइलमा उपलब्ध हुने भएका हुन्।

कम्पनीले १ सय ५० भन्दा बढी लाइभ टीभी च्यानलहरू हेर्न सकिने बताएको छ। साथै एक हप्तासम्मको क्याचअप सुविधासमेत रहेकाले एपमार्फत टीभीमा प्रसारण भएका सामग्री हेर्न छुटेमा सात दिनभित्र फेरि हेर्न सकिने कम्पनीको भनाइ छ।

कम्पनीले हाल आफ्ना ग्राहकलाई निःशुल्क उपलब्ध गराएको छ। ‘डिशहोम गो’ एपमा लाइभ टीभीसहित नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्र हेर्न सकिनेछ।

त्यस्तै नेपाली भाषामा नागिन, आनन्दी, भाग्यसिन्दूरकोजस्ता सिरिज, नेपाली सिरिज, कार्टुनलगायत सामग्री हेर्न सकिनेछ। एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिनेछ।

प्रकाशित: २१ असार २०८० १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 10 =