मोबाइल प्रयोगले बालबालिकामा समस्या

हिमाल प्रेस १२ असार २०८० १५:००
6
SHARES
मोबाइल प्रयोगले बालबालिकामा समस्या तस्बिर :यूएनबी डटकम

काठमाडाैँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने भन्दै सचेत गराएकाे छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताए।

बालबालिकाले मोबाइल फोन चलाउँदा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटकपटक ब्युँझिने समस्या देखिन सक्नेलगायत समस्या हुने उनकाे भनाइ थियाे। बालबालिकालाई मोबाइल फोनसँग टाढा राख्न अभिभावकलाई अनुरोध गर्नुभएको छ ।

यसैगरी बालबालिकाका आमा र बुबा तथा अभिभावकलाई आफ्नो सजिलो र छिटोका लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउनसमेत आग्रह गरिएको छ।

मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो खानेकुरा खाइरहेको छु भनेर थाहा नपाउने हुँदा पोषणसम्बन्धी समस्या र पाचन प्रणालीमासमेत समस्या देखिन सक्ने मन्त्रालयले बताएकाे छ।

खाना खुवाउँदा अभिभावकले बालबालिकासँग कुराकानी गरेर डुलेर, गीत गाएर वा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउन पनि मन्त्रालयले आग्रह गरेको छ।

यसैगरी मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्नेजस्ता समस्या देखिन सक्ने बताइएको छ। त्यस्तै बच्चा ठूलो भएपछि झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने समस्या बढ्नाका साथै सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रिनबाट आउने उज्जालोले निद्रा लाग्ने हार्मोन उत्सर्जनमा समस्या हुने पनि मन्त्रालयले बताएको छ। रासस

प्रकाशित: १२ असार २०८० १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =